ह्यान्डिक्राफ्टभित्र लागूऔषध लुकाएर विदेश निर्यात गर्ने गिरोहका ७ जना पक्राउ (फोटोफिचर) « Khabarhub

ह्यान्डिक्राफ्टभित्र लागूऔषध लुकाएर विदेश निर्यात गर्ने गिरोहका ७ जना पक्राउ (फोटोफिचर)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध नियन्त्रण ब्यूरोले ह्यान्डिक्राफ्टभित्र राखेर लागूऔषध विदेश निर्यात गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध चरेश लुकाउन प्रयोग गरिने ह्यान्डीक्राफ्टका सामानहरु तथा सो बनाउन प्रयोग हुने औजारसहित ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का उर्पा तामाङसहित ७ जना रहेका छन् ।

व्युरोका अनुसार तामाङले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए ।

उनीहरुले कतारलाई नयाँ गन्तब्य बनाएर नेपालको एयरपोर्ट हुँदै लागूऔषध कतार लैजान खोजेको देखिएको थापाले बताए ।

ब्यूरोका अनुसार पक्राउपरेका गिरोहले नेपालबाट भारतको कोलकत्ता हुँदै बैँकक, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा चरेस तस्करी गरेको खुलेको छ ।

पक्राउ परेकाका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरि म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : ३२ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित