मुक्तिनाथ सर्वसाधारणका लागि असोज १० गतेदेखि खोलिने « Khabarhub

मुक्तिनाथ सर्वसाधारणका लागि असोज १० गतेदेखि खोलिने


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो ।

कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सङ्क्रमणदर न्यून रहेकाले मन्दिर खुला गर्ने निर्णय गरेको हो । जिप्रकाको आदेशअनुसार आसोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।

बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ । कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन् । मुक्तिनाथ झण्डै समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : ०० बजे

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा