युरोप, अमेरिका जाने लोभमा दलाललाई ५० लाखसम्म बुझाउँछन्, मासिक दर्जन बढी ठगीका उजुरी « Khabarhub

युरोप, अमेरिका जाने लोभमा दलाललाई ५० लाखसम्म बुझाउँछन्, मासिक दर्जन बढी ठगीका उजुरी


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागमा ५० लाखसम्म ठगिएका उजुरी मासिक दर्जनभन्दा धेरै पर्ने गरेका छन् । व्यक्तिले वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका र विकशित देशमा पठाइदिने भन्दै धेरै रकम ठगिएको उजुरी गर्ने पीडित आउने गरेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको विगत १० महिनामा विभागमा व्यक्तिगत करिब ७ सय वटा उजुरी दर्ता भएका छन् । यी सबै उजुरी व्यक्तिले वैदेशिक रोजगारीमा पठाइदिने भनेर आर्थिक ठगीमा परेका पीडितले दिएको उजुरी रहेको विभागले जनाएको छ । जसमा ३ सयभन्दा बढी उजुरी २० लाखभन्दा बढीका आर्थिक ठगी परेका विभागको तंथ्याकमा छ ।

ठगी गर्ने व्यक्तिका बारेमा स्वयम् पीडित अनविज्ञ हुँदा समस्या समाधान गर्ने, पीडितलाई क्षतिपूर्ति भराउन कठिन हुने गरेको विभागका निर्देशक तथा सूचना अधिकारी भोलानाथ गुरागाई बताउँछन् ।

व्यक्तिगत उजुरीमा पनि एउटै व्यक्तिले करिब ५० लाखभन्दा ठुलो रकम ठगी गरेको उजुरी पर्ने गरेको उनको भनाइ छ । यसरी धेरै रकम ठगीमा परेका मासिक दर्जनभन्दा धेरै पीडित समस्या लिएर विभागमा धाउने गरेको गुरागाईको जानकारी दिए ।

पछिल्लो समय व्यक्तिगत ठगीको धेरै उजुरी विभागमा पर्ने गरेका छन् । कतिपय म्यानपावरले नै व्यक्तिगत तरिकाले युरोपका विकशित देश पठाउने भन्दै ठगी गरेका उजुरी विभागमा दर्ता हुने गरेका छन् ।

विभागमा आएका उजुरीका आधारमा पनि कामदारसँग व्यवसायीले रोजगारीमा पठाएवापत धेरै रकम उठाइरहेको प्रष्ट हुन्छ । तर, वैदेशिक रोजगारीका नाममा ठगिने क्रम बढिरहँदा नियामक निकायले भने यस्तो विकृति हटाउन सकेको छैन ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा कामदार पठाउँदा धेरै रकम लिने म्यानपावर कम्पनीलाई क्षतिपूर्ति फिर्ता दिलाउने व्यवस्था छ । कुनै व्यक्तिलाई रोजगारीमा कुनै देश पठाएवापत् सेवाशुल्क १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था छ । तर, विभागमा नै एउटै म्यानपावर कम्पनीले लाखौं ठगेको उजुरी आउने गरेका छन् ।

व्यक्तिले व्यक्तिगत भिसामा क्यानडा, अमेरिका, सिंगापुर, नर्वे र ब्रुनाइलगायत मुलुकमा पठाइदिने भन्दै धेरै रकम ठगी गर्ने गरेकोउजुरीबाट थाहा हुने विभागले जनाएको छ ।

 

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : ४६ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।