राष्ट्रसंघीय महासभामा सहभागी बनाउन तालिबानको आग्रह « Khabarhub

राष्ट्रसंघीय महासभामा सहभागी बनाउन तालिबानको आग्रह


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तालिबानले न्यूयोर्कमा जारी राष्ट्रसंघीय महासभामा सम्बोधन गर्न पाउनका लागि गरेको आग्रह अहिले बिचाराधिन अवस्थामा रहेको छ ।

अफगानिस्तानलाई गतमहिना नियन्त्रणमा लिएको तालिबान सरकारका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार संयुक्त राष्ट्रसंघमा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनुपर्ने अनुरोधसहितको पत्र पठाएका थिए ।

बिबिसीकाअनुसार त्यसका लागि तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसंघका लागि आफ्ना राजदूत नियुक्तसमेत गरेको छ ।

तालिबानको त्यस्तो अनुरोधलाई राष्ट्रसंघको एक निकाय क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ । जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन् ।

मंगलवार सुरु भएको महासभा आगामी सोमबार सकिनेछ । राष्ट्रसंघको नियम अनुसार त्यसबेलासम्म उक्त विश्व निकायका लागि अफगान राजदूतमा गुलाम इसाकजाई नै कायम रहनेछन् । महासभाको अन्तिम दिन अर्थात २७ सेप्टेम्बरमा उनले मन्तव्य दिने ठानिएको छ ।

यसअघि सन् १९९६-२००१ बीचमा पनि तालिबानले अफगानिस्तान नियन्त्रणमा लिंदा उनीहरूले हटाएको सरकारकै प्रतिनिधि राष्ट्रसंघमा राजदूतका रूपमा रहेका थिए ।

कतारले भने विश्व नेताहरूलाई एउटा आह्वान गर्दै तालिबानलाई संलग्न गराउन दबाब दिदैँ आएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ११ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व