मलेसियामा ९ नेपालीसहित १ सय आप्रवासी कामदार पक्राउ « Khabarhub

मलेसियामा ९ नेपालीसहित १ सय आप्रवासी कामदार पक्राउ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा ९ जना नेपालीसहित १ सय जना आप्रवासी कामदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको स्थानिय सञ्चारमाध्यमका समाचारमा उल्लेख छ ।

अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिए पनि आफनो देश नफर्कि रोजगारी गरिरहेका आप्रवासी कामदारमाथि मलेसियाको अध्यागमन विभागले धरपकड गरेर नियन्त्रणमा लिएको हो ।

अध्यागमनका कर्मचारीले बिहीवार सिटी सेन्टरमा जाँच गर्दा अवैध रुपमा काम गरिरहेका कामदार पक्राउ परेका हुन् ।

मलेसियामा आफ्नो देशमा अवैधानिक रुपमा रहेका कामदारलाई वैधानिक बन्न वा देश फर्किन दुई पटक मौका दिएको थियो । त्यसपछि वैधानिक नबनेका कामदारलाई पक्राउ गर्ने अभियान सुरु गरिएको जनाइएको छ । अवैधानिक रुपमा रहेका कामदारहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको भन्दै यो क्रमलाई निरन्तरता दिने अध्यागमनले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ३३ बजे

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय