देउवाले मन्त्री नियुक्त गरेलगत्तै पौडेलले बोलाए छुट्टै बैठक « Khabarhub

देउवाले मन्त्री नियुक्त गरेलगत्तै पौडेलले बोलाए छुट्टै बैठक


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ मन्त्री थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहको छुट्टै बैठक बोलाएको छ ।

प्रधानमन्त्री देउवाले पार्टीमा सल्लाह नै नगरी नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष छलफलमा जुट्ने भएको हो । त्यसका लागि पौडेल पक्षले दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बोलाएको छ ।

पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउन देउवाले ३ बजे पदाधिकारी बैठक बोलाएपछि २ घण्टा अघि पौडेल पक्षको बैठक बस्न लागेको हो । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र उमेश श्रेष्ठ मन्त्री भइसकेका छन् ।

देउवाले आफू पक्षीय नेतालाई मात्र मन्त्री बनाएको भन्दै पौडेल पक्ष असन्तुष्ट छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : २४ बजे

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर