राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित « Khabarhub

राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ ।

आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले छलफलका लागि आह्वान गरे पनि कसैले भाग नलिए पछि विधेयक अघि वढाइएको हो ।

अब आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि सुझाब पेश गर्न चाहने सांसदले विधेयक शाखा राष्ट्रियसभामा सुझावसहितको सुचना दिन सक्नेछन् । अब यी दुई विधेयकमाथि दफाबार छलफल हुनेछ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु उठेर विरोध जारी राखेका थिए । एमालेले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेकाे छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ११ : ३६ बजे

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण