इजरायल रोजगारीका लागि नक्कली कागजात पेश गर्ने २७९० जनाको आवेदन रद्द | Khabarhub Khabarhub

इजरायल रोजगारीका लागि नक्कली कागजात पेश गर्ने २७९० जनाको आवेदन रद्द


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नक्कली कागजपत्र पेश गर्दै इजरायल रोजगारीमा जानका लागि आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्द गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्कली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपछि उनीहरुको आवेदन फारम रद्द गरेको जानकारी दिए ।

कारवाहीको डरले अझै पनि अन्तर्वाताका क्रममा आफ्ना आवदेन रद्द गरिपाँउ भन्ने निवेदन आएको उनले जानकारी दिए । ६ हजार ३ सय १७ जनाले परीक्षा दिएकामा दुईहजार ३९ जना उतीर्ण भएको र त्यसमध्ये पनि १६ सय जना छनोट भएको उनले बताए ।

छनोट भएका १६ सय मध्ये इजरायल सरकारको निकायबाट गोला प्रथाबाट एक हजार जनालाई मात्र अन्तिम छनोट गरिने सचिव गौतमले जानकारी दिए । उनले अहिलको प्रक्रिया सकिने बित्तिकै २५ सयको डिमान्ड तयारी अवस्थामा रहेको उल्लेख गरे । इजरायल जानेले महिनाको दुईलाख पाउने र नेपालको रेमिटेन्स पनि बढ्ने उनको भनाइ छ ।

त्यस्तै बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले आवेदकले प्रमाणपत्रहरु, उँचाई, तौल, शैक्षिक योग्यता लगायतका कुुरा स्वघोषणा गरी निवेदन दिएकोमा अधिकांशको निवेदनमा त्रुटी देखिएको बताए । उनले उत्तर पुस्तिकालाई चिकित्सा शिक्षा आयोगमा लगेर मेसिनले नै जाँच्ने प्रविधिको प्रयोग गरिएकाले नजिताको काम छिटो भएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले वैदेशिक रोजगारमा जाने कामदारबाट लिइने शुल्क तोकिए पनि बढि शुल्क बुझाउनुपर्ने गुनासो आएको भन्दै मन्त्रालय र बिभागको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्रालयका सचिव गौतमले वैदेशिक रोजगारमा जाँदा १० हजारमात्र बुझाउनुपर्ने नियमलाई अव परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ४५ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको