डा. पोखरेललाई ‘कलमके सिपाही’ अवार्ड « Khabarhub

डा. पोखरेललाई ‘कलमके सिपाही’ अवार्ड


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेललाइ न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्रदान गरेको छ ।

डा पोखरेलले पत्रकारीता क्षेत्रमा गरेको योगदानको कदर गर्दै आई एम एस गाजियावाद र न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको हो । भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय सचिव तथा उत्तराखन्डका पूर्व मुख्य मन्त्री तीर्थसिहं रावतले अवार्ड हस्तान्तरण गरेका हुन् ।

न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारत को सहयोगमा शुक्रबार भारतका ४० भन्दा बढी राष्ट्रिय मिडियाकर्मीहरुलाई सम्मान गरेको हो।

विजनेश टेलिभिजनका अध्यक्ष डा. शम्भु पाखेरेलले समेत अवार्ड हात पारेका छन् । कार्यक्रममा भारतका अधिकांश मिडियाकर्मीहरु, शैक्षिक क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तिहरु र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

डा. शम्भु पोखरेललाई न्युजपेपर एशोसिएसन एफ ईण्डिया (नाई) ले दोश्रो पटक ‘कलमके शिपाही अवार्ड प्रदान गरेको हो । सो अवार्ड डा. पोखरेलको ८ औं अन्तर्राष्ट्रिय अवार्ड हो ।

डा. पोखरेल नेपालको पत्रकारिता क्षेत्रमा पछिल्लो २ दशकदेखि सक्रिय छन् । उनको नेतृत्वमा नेपालको पहिलो विजनेश टेलिभिजन सञ्चालनमा रहेको छ ।

वर्ल्ड  ट्रेड ग्रुप अन्तर्गत डा. पोखरेलका नेतृत्वमा दर्जन बढी कम्पनीहरु पनि सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै