चन्द्रागिरी उपमेयर कप अन्तरविद्यालय भलिबल बुधबारबाट « Khabarhub

चन्द्रागिरी उपमेयर कप अन्तरविद्यालय भलिबल बुधबारबाट


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी उपमेयर कप अन्तरविद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता आउँदो बुधबारबाट शुरु हुने भएको छ ।

भलिबल राष्ट्रिय खेल घोषणा भएको दिनलाई भलिबल ‘डे’ मनाउने लक्ष्यसहित हुन लागेको प्रतियोगिता ११ गतेसम्म चल्नेछ । मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

१० स्कुलको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने अध्यक्ष अष्टकुमार महर्जनले जानकारी दिएका छन् । लिग र क्वार्टफाइनलका खेल बेस्ट अफ थ्री र सेमिफाइनल र फाइनल बेस्ट अफ फाइभको फर्म्याटमा हुने आयोजकले बताएको छ ।

विजेताले ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । दोस्रो हुने टोलीले ३० हजार, तेस्रो हुने टोलीले १५ हजार तथा चौथो हुने टोलीले १० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ हजार पाँच सय, व्यक्तिगत ५ विधामा उत्कृष्ट हुनेलाई १ हजार पुरस्कार दिइने संयोजक राईले जानकारी दिए ।

यस्तै, प्रतियोगिताको अवसरमा नै भलिबल दिवस मनाउने क्रममा कुनै एक विभागीय टोली र न्यू डायमण्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुनेछ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : १९ बजे

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’