आईपीएलमा पन्जावको जित « Khabarhub

आईपीएलमा पन्जावको जित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ ।

सारजाहमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ५ रनले हराएको छ ।

पन्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

हैदरवादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए । रिद्दिमान शाहले ३१ रन जोड्दा मनिस पाण्डेले १३ तथा केदार जादबले १२ रन बनाए।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाए ।

पन्जाबका लागि एडिन मार्क्रमले २७ रन जोड्दा केएल राहुलले २१ रन बनाए । हरप्रित अविजित १८ रन बनाए ।

जितसँगै ९ खेलमा १० अंक जोडेको पन्जाब तेस्रो स्थानमा उक्लिएको छ । पुछारमा रहेको हैदरावादको ९ खेलमा २ अंक छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ०१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज