विराटनगरमाथि चितवनको रोमाञ्चक जित « Khabarhub

विराटनगरमाथि चितवनको रोमाञ्चक जित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको चितवनले अन्तिम बलमा चौका प्रहार गर्दै ८ विकेटको क्षतिमा जित हात पार्‍यो ।

चितवनको जितमा राजेश पुलामीले नटआउट ४३ रनको योगदान दिए । यस्तै भीम सार्कीले ३० रन बनाए भने दीलिप नाथले २३ रनको योगदान दिएका थिए । ओपनर इशान पाण्डे १० र मोहम्मद शहजाद १ रनमा आउट भएपछि राजेशले इनिङ्ग्स सम्हालेका थिए ।

विराटनगरका लागि कप्तान करण केसी र सिकन्दर राजाले २–२ विकेट लिए ।

यसअघि खराब ब्याटिङ गरेको विराटनगरलाई सिकन्दर राजाले ६७ रन बनाउँदै चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याएका थिए । विराटनगरका ३ ब्याटर शून्यमा आउट हुँदा ३ जनालेमात्र दोहोरो अंकमा रन बनाएका थिए ।

चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जन्नत र सागर ढकालले २–२ विकेट लिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : १५ बजे

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम