विराटनगरमाथि चितवनको रोमाञ्चक जित « Khabarhub

विराटनगरमाथि चितवनको रोमाञ्चक जित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको चितवनले अन्तिम बलमा चौका प्रहार गर्दै ८ विकेटको क्षतिमा जित हात पार्‍यो ।

चितवनको जितमा राजेश पुलामीले नटआउट ४३ रनको योगदान दिए । यस्तै भीम सार्कीले ३० रन बनाए भने दीलिप नाथले २३ रनको योगदान दिएका थिए । ओपनर इशान पाण्डे १० र मोहम्मद शहजाद १ रनमा आउट भएपछि राजेशले इनिङ्ग्स सम्हालेका थिए ।

विराटनगरका लागि कप्तान करण केसी र सिकन्दर राजाले २–२ विकेट लिए ।

यसअघि खराब ब्याटिङ गरेको विराटनगरलाई सिकन्दर राजाले ६७ रन बनाउँदै चुनौतीपूर्ण स्कोरसम्म पुर्‍याएका थिए । विराटनगरका ३ ब्याटर शून्यमा आउट हुँदा ३ जनालेमात्र दोहोरो अंकमा रन बनाएका थिए ।

चितवनका लागि कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जन्नत र सागर ढकालले २–२ विकेट लिएका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : १५ बजे

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला