प्रहरी प्रतिवेदन : आपराधिक घटनामा संलग्न १ हजार १४३ जना फरार  « Khabarhub

प्रहरी प्रतिवेदन : आपराधिक घटनामा संलग्न १ हजार १४३ जना फरार 


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ महिनामा भएका विभिन्न अपराधमा संलग्नमध्ये ३ हजार ६ सय ८३ जना पक्राउ परेका छन् भने १ हजार १ सय ४३ जना फरार रहेका छन् ।

पक्राउ परेका अभियुक्तहरू ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको छ । उक्त महिनामा दर्ता भएका कूल ३ हजार ९ सय ८ वटा अपराधमा ४ हजार ८ सय २६ अभियुक्तहरू संलग्न रहेका थिए । उनीहरूमध्ये ४ हजार ४ सय ९१ पुरुष र ३ सय ३५ महिला रहेका छन् ।

अदालतबाट सजाय तोकिएका मध्ये १ हजार ४ सय ४४ जना फरार प्रतिवादीहरू भदौ महिनामा पक्राउ परेका छन् । उनीहरूलाई ६ सय ६४ वर्ष १० महिना ११ दिन कैद सजाय तोकिएको छ । साथै जरिवानाबापत विगो रकम ६ करोड ७१ लाख ३५ हजार ६ सय ९७ रुपैयाँ असुल भएको छ । सो अवधिमा विभिन्न शीर्षक मार्फत ३४ करोड २८ लाख ६० हजार ९७ रुपैयाँ राजश्व संकलन भएको छ ।

भदौ महिनामा भएका १ हजार ७ सय ९८ वटा सवारी दुर्घटनामा परी १ सय ७० जनाको मृत्यु भएको छ भने ५ सय १५ जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

उक्त महिनामा कूल ३ सय ४ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ४ सय ७५ जना मानिसहरू पक्राउ परेका छन् । साथै ७९० किलो गाँजा, ३६.२ किलो चरेश, ७५४ ग्राम हेरोईन र २ किलो अफिम र २.९६ किलो कोकिन बरामद भएको छ ।

भदौ महिनामा ४८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने २० राउण्ड गोली र ३ थान म्यागजिन बरामद गरिएको छ । अवैध हातहतियार सहित २६ जना पक्राउ परेका छन् ।

भदौ महिनामा दर्ता भएका घटनामध्ये ज्यान सम्बन्धी ६ सय ६३ वटा, आत्महत्याको ४ सय ८१ वटा, चोरीको २ सय ७९, संगठित/आर्थिक अपराध ४ सय ६३, सामाजिक अपराध ९ सय ५३, महिला बालबालिका विरुद्ध ४ सय ४४, सवारी सम्बन्धी १ सय ५७ र विविधतर्फ ४ सय ६८ वटा मुद्दा दर्ता भएका छन् । दैनिक औषत १ सय २६ वटा मुद्धा दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ ।

यसैगरी हातहतियार तथा खरखजाना सम्बन्धी २४ वटा, बाल यौन दुराचार २४ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी ११ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका ४ सय ८१ वटा घटनामध्ये झुन्डिएर ३ सय ७८, विष खाएर ९४, पानीमा डुबेर ६, हाम फालेर १, हातहतियार औजारबाट १ र आगो लगाएर १ जनाले ज्यान गुमाएका छन् ।

भदौ महिनाभरि ६ सय २४ विपद्का घटनामा ६५ जनाले ज्यान गुमाएका छन् भने १ सय ९ जना घाइते भएका छन् । जसमध्ये पहिरोबाट ४०, बाढीबाट १२, चट्याङबाट ६, जनावरको आक्रमणबाट ३ र अविरल वर्षाबाट १ जनाको ज्यान गएको थियो । उद्धारको लागि ३ हजार ९ सय ८१ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको थियो ।

नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ बिरूद्धको खोप लगाउने कार्यक्रममा भेरोसिल ५ हजार ८ सय ४८ जना, जोनसोन एण्ड जोनसोन ८ हजार १९ जना र एस्ट्राजेनिका १ हजार ५ सय ९६ जना गरी जम्मा १५ हजार ४ सय ६३ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १० : ३० बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने