राखेप पूर्व सदस्य सचिव विष्टको नेतृत्वमा नेकपा (एस) निकट खेलकुद महासंघ गठन | Khabarhub Khabarhub

राखेप पूर्व सदस्य सचिव विष्टको नेतृत्वमा नेकपा (एस) निकट खेलकुद महासंघ गठन


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ गठन भएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य–सचिव केशव विष्टको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो ।

नेकपा (एमाले) निकट उक्त महासंघ ३३६ सदस्यीय केन्द्रीय समिति रहेकामा ३०७ केन्द्रीय सदस्यले एकीकृत–समाजवादीको जनवर्गीय सङ्गठनका रूपमा उक्त महासंघमा रहने निर्णय गरेका हुन् ।

आगामी कात्तिक १२ र १३ गते काठमाडौँमा राष्ट्रिय भेला गरिने महासंघको १२ सदस्यीय पदाधिकारी तथा ७५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

पार्टीका उपमहासचिव डा विजय पौडेलले नयाँ कार्य समितिलाई खेलकुदका माध्यमबाट देशभर सङ्गठनलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी जनताको सेवालाई केन्द्रमा राखेर राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।

संघीय, प्रतिनिधिसभा सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशका विभिन्न स्थानमा लुकेका प्रतिभाशाली खेलाडीलाई पहिचान गरी उनीहरूलाई आवश्यक समन्वय र सहयोग गरी राष्ट्रिय खेलाडीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नवगठित कार्यसमितिका अध्यक्ष विष्टले खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाउन सकिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : ०१ बजे

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार

आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल