राष्ट्रिय भलिबलमा विभागीय तीनै टोलीको विजयी शुरुवात « Khabarhub

राष्ट्रिय भलिबलमा विभागीय तीनै टोलीको विजयी शुरुवात


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छैटौं संस्करणको एनभिए राष्ट्रिय  महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत विभागीय तीनै टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोर्ट्स क्लबले विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

यस्तै दोस्रो खेलमा नेपाल एपीएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो ।

प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा २५–१८ को जित निकालेको एपीएफले तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जित्न सफल भयो

तेस्रो खेलमा बाग्लुगको गल्कोट स्पोर्ट्सक्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकालल्दै विजयी शुरुवात गरेको छ । पहिलो सेटमा २५–१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भयो ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी शुरुवात गर्‍यो । पहिलो सेटमा २५–१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५–२१ ले र तेस्रो सेटमा २५–१३ को साथ एकपक्षीय जित निकाल्यो ।

च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फको खेल भने १२ असोजदेखि शुरु हुनेछन् ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : २३ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा