प्रतिक्षा नयाँ ‘मिस नेपाल युएस २०२१’ « Khabarhub

प्रतिक्षा नयाँ ‘मिस नेपाल युएस २०२१’


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको न्यूयोर्कमा भएको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । गत शनिबार भएको फिनालेमा उनले १० प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् ।

प्रतियोगितामा कला न्यौपाने ‘फष्ट रनर अप’ र अलिशा लिम्बु ‘सेकेण्ड रनर अप’ घोषित भए । दशौं संस्करणको यो प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा इप्लानेट प्रालीका सहकार्यमा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै