प्रतिक्षा नयाँ ‘मिस नेपाल युएस २०२१’ « Khabarhub

प्रतिक्षा नयाँ ‘मिस नेपाल युएस २०२१’


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको न्यूयोर्कमा भएको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । गत शनिबार भएको फिनालेमा उनले १० प्रतियोगीलाई पछि पार्दै शीर्ष उपाधि जितेकी हुन् ।

प्रतियोगितामा कला न्यौपाने ‘फष्ट रनर अप’ र अलिशा लिम्बु ‘सेकेण्ड रनर अप’ घोषित भए । दशौं संस्करणको यो प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगीताको शिर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगिको कोभिड–१९ परिक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा इप्लानेट प्रालीका सहकार्यमा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : २१ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि