प्रतिनिधिसभामा एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो « Khabarhub

प्रतिनिधिसभामा एमालेको अवरोध जारी, नाराबाजीकै बीच राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइयो


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठकको कारबाही सुरु गरेपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठेर नाराबाजी गरे ।

एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नपाइने संवैधानिक व्यवस्था स्मरण गराएका थिए । तर, एमाले विभाजनमा सभामुखको भूमिका रहेको आरोप लगाउँदै आएका एमाले सांसदहरुले भने नाराबाजी गरिरहे ।

नाराबाजीकै बीचमा सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयको पत्र सुनाए । यस्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधयेक राष्ट्रिय सभाबाट पारित भएको आएको जानकारी गराए ।

सोमबारको कार्यसूची अनुसार बैठकले आफ्नो काम गरेसकेपछि करिव १० मिनेट चलेर बैठक सकियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते बस्ने छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  २ : २५ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित