‘राजनीतिसँगै राजकाज’को ६ लाख रुपैयाँ विवेकशील साझालाई | Khabarhub Khabarhub

‘राजनीतिसँगै राजकाज’को ६ लाख रुपैयाँ विवेकशील साझालाई


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक ‘राजनीतिसँगै राजकाज’बाट हालसम्म प्राप्त लेखकस्व कर कट्टी गरी ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ विवेकशील साझा पार्टीलाई प्रदान गरेका छन् । गत चैत अन्त्यमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने बताएका थिए ।

लामो समयदेखि परोपकारी गतिविधिमा संलग्न मिश्रले यसअघि प्रकाशित आफ्ना तीन पुस्तकको लेखकस्व (१२ लाख रुपैयाँ) चितवनका विपन्न चेपाङहरूको सहयोगार्थ प्रदान गरेका थिए ।

कोभिड–१९ ले पुस्तक बजारमा नराम्रो असर पारेको समयमा पनि मिश्रको पुस्तकको पहिलो संस्करण (७५०० प्रति) सबै बिक्री भएको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए । ‘यो पुस्तक बजारका लागि खुसीको विषय हो । हामीले दोस्रो संस्करणका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने ।

पुस्तकमा निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको वकालत गर्दै ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई केन्द्रमा राखेर नेपाली राजनीति, अर्थनीति, कूटनीति तथा समाज एवम् देशको दिगो र समतामूलक रूपान्तरणको सेरोफेरोमा लेखिएका स्तम्भ–निबन्धहरू संग्रहित छन् ।

यो पुस्तक ‘नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने गहकिलो अर्थ–राजनीतिक दस्तावेज’ भएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा हाल संयुक्त राष्ट्र सङ्घ, एसिया–प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार स्वर्णिम वाग्लेले बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ४ : २६ बजे

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को