महिला हिंसा रोक्न मिल ! « Khabarhub

महिला हिंसा रोक्न मिल !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कर्मचारी भूमाफिया मिलेमतोमा बेचियो मैतिदेवी मन्दिरको जग्गा’ शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ ।

गुठीयार र मालपोत कर्मचारीको मिलेमतोमा मैतिदेवी मन्दिरको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको छ । जसका कारण मन्दिरको जग्गा मासिँदै गएको छ । नवदुर्गामध्येकी एक महत्वपूर्ण शक्तिपीठ मैतिदेवीको नाममा रहेको गुठी तथा निजी गुठीको नाम रहेको जग्गा गुठीयार तथा भूमाफियाको चलखेलका कारण मासिँदै गएको हो ।

त्यसैगरी पत्रिकाले ‘हदबन्दी छुटको जग्गा धमाधम बिक्रीमा’ शीर्षकको समाचार पनि पहिलो पृष्ठमा छापेको छ । झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानूनविपरित धमाधम बिक्री भइरहेको खुलासा भएको छ । झापामा चिया खेतीको लागि हदबन्दी छुट भएको हजारौं बिघा जमिन प्रचलित ऐन, नियम र कानुनविपरित सञ्चालकले आफूखुसी प्रयोग र अपचलन गर्दै आएको पाइएको हो ।

त्यसैगरी पत्रिकाले ‘मोदी फेरि शक्तिमा आउने सम्भावना’ शीर्षकको भारतीय चुनावको विषयको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । भारतीय संस्दको तल्लो सदन लोकसभाका ५ सय ५३ स्थानका लागि मतदान सम्पन्न भएको छ ।

आईतबार सातौं तथा अन्तिम चरणमा केन्द्र शासित चन्ढीगडढसहित ५९ सिटका लागि मतदान भएको हो । यसैगरी ‘महिला हिंसा रोक्न मिल’ शीर्षकमा पत्रिकाले समाचार छापेको छ । बढ्दै गएको बलात्कार र यौनजन्य घटना न्यूनीकरणका लागि हुम्लाको एउटा गाँउपालिकाले मिल सञ्चालन गरेको छ ।

परम्परागत घट्टमा गएर कुटानी पिसानी गर्दा रातिको समयमा महिला तथा किशोरीहमाथि यौनहिंसा हुन थालेपछि हुम्लाको ताँजाकोट गाउँपालिका–४ कुटानी पिसानी मिल नै सञ्चालन गरेको हो ।

यौनहिंसा न्यूनीकरण गर्न वडा कार्यालयले डिजेलबाट सञ्चालन हुने मिल स्थापना गरेको वडाध्यक्ष धनरुप जैसीले बताए । स्थानीय सियाँली खोलमा पानी धेरै नहुँदा राति त्यही बस्ने गरी घट्ट जानुपर्ने बाध्यतामा थिए, स्थानीय महिला । जसले गर्दा उनीहरुमाथि बलात्कारलगायत यौनजन्य हिंसा हुने गरेको र किशोरीले बालविवाह र बहुविवाह गर्ने जस्ता समस्या देखि थालेपछि ९ लाख रुपैयाँको लागतमा मिल सञ्चालन गरिएको उनले बताए ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : ०१ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु