अर्जेन्टिनाका फरवार्ड सालाको शव भेटियो « Khabarhub

अर्जेन्टिनाका फरवार्ड सालाको शव भेटियो


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दुर्घटनाग्रस्त विमानमा भेटिएको शव अर्जेन्टिना तथा कार्डिफ सिटीका फरवार्ड इमिलियानो सालाको भएको उद्दारमा संलग्न प्रहरीले पुष्टि गरको छ । केही दिन अगाडि फ्रान्सको च्यानल आइसल्यान्डमा विमान दुर्घटनाग्रस्त रुपमा भेटिएको थियो ।

जनवरी २१ मा कार्डिफ तर्फ जाँदै गर्दा २८ वर्षे साला र पाइलट डेभिड इबोट्सन चढेको बिमान इ्ग्लीस च्यानलबाट वेपत्ता भएको थियो ।

आइतबार बिहान बिमानका भग्नावशेष भेटिएपछि भेग्नावशेषसँगै बुधबार शरिर भेटिएको उद्दारमा संलग्न प्रहरीले जानकारी दिएको थियो । तर, उक्त शव सालाको नै भएको बिहीबार राति डोरसेट प्रहरीले पुष्ट गरेको बीबीसीले जनाएको छ ।

पोर्टल्यान्डबाट शव बिहीबार ल्याएइको र उक्त शव सालाको भएको डोरसेटले प्रमाणित गरेको बीबीसीमा उल्लेख छ ।

कार्डिफले सालालाई १ करोड ५० लाख पाउन्डमा अनुबन्ध गरेको थियो । गत महिनाबाट उनी अभ्यासमा सामेल हुने योजनामा थिए । तर, २८ वर्षे साला र ५९ वर्षे पाइलट इबोट्सन नान्टेसबाट उडेको केही समयमै एयर ट्राफिक कन्ट्रोलसँगको सम्बन्धविच्छेद भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : ३३ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त