शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट « Khabarhub

शेयर बजारमा उच्च अंकको गिरावट, २ कम्पनीको मूल्यमा नकरात्मक सर्किट


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजारमा लगातार ओरालो लागिरहेका बेला मंगलबार पनि उच्च गिरावट आएको छ । यसदिन बजार मापक परिसूचक नेप्सेमा ७०.०१ अंकको गिरावट आएको छ ।

मंगलबार कारोबारका लागि बजार खुलेदेखि लगातार ओरालो लागेको बजार ३ बजे कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१५.४० को बिन्दुमा झर्‍यो ।

यस्तै राम्रा कम्पनीहरुको बजार मापक परिसूचक सेन्सेटिभ पनि ११.४२ अंकले घटेर ४९४.९१ को बिन्दुमा पुगेको छ । यो साता लगातार दोहोरो अंकले नेप्से परिसूचकमा गिरावट आएको छ ।

मंगलबार सबैभन्दा धेरै दुईवटा कम्पनी नेपाल हाइड्रो डेभलोप्मेन्ट लिमिटेड र हिमालयन पार्टनर लिमिटेडको मूल्यमा गिरावट आएको छ । यी दुबै कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।

मंगलबार १३ वटै उपसमूहको मूल्यमा गिरावट आएको छ ।

यसदिन २१८ कम्पनीका १३०३४८२८ कित्ता शेयर किनबेच हुँदा ५,७४,५४,८८,१७९ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ३ : ३१ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित