महावीरले गरे बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कारको घोषणा « Khabarhub

महावीरले गरे बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कारको घोषणा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रभावकारी मेसिन बनाउनेलाई १० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमार्फत उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

उनले आविष्कार गर्नेहरुलाई प्रोत्साहनका लागि उक्त पुरस्कारको घोषणा गरेको जनाएका छन् । उनले भनेका छन्, ‘बास्तबमा धेरै पैसा भएर पुरस्कार दिने भनेको होइन । साह्रै आवश्यक भएर र अहिलेसम्मको उपायले त्यति राम्रो काम नगरेको हुनाले कसैले गर्छन् कि भनेर प्रोत्साहन गर्नको लागि पुरस्कारको घोषणा गरेका हौँ ।’

उनले बुद्ध एयरको जहाजको पाङ्ग्रा नखुल्दा अवतरणमा समस्या भएको विषयसँग जोड्दै भनेका छन्, ‘थुप्रै करोड पर्ने र एकदमै नाम चलेको हवाईजहाज बनाउने कम्पनीले पनि त्यत्ति सानो कुरा गर्न बिर्सेछ । नजानेर त पक्कै होइन होला । अवतरण गर्ने बेलामा जहाजको पाङ्ग्रा खुल्यो कि खुलेन भनेर हेर्न एउटा सानो क्यामारा अथवा सेन्सर राख्न बिर्सेछ । त्यति काम त जो सुकैले पनि गर्न सक्थ्यो नि । अब आउने हवाईजहाजहरुमा पक्कै राख्लान् ।’

उनले यसलाई आवश्यक्ताले नै इनोभेशन अर्थात नवप्रबर्तन को काम हुन्छ भन्ने उदाहारण मात्र दिन खोजेको बनाएका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ५४ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ