क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा | Khabarhub Khabarhub

क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्  ।काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पूरा भएको, अहिले क्यान पुर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो संघलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्छ भन्दै राजिनामा दिएको बताए ।

आइसीसीबाट बजेट आउने क्रम सुरु भएपछि नै राजीनामा दिने सोच आएको भएपनि  अब अहिले आफ्नो सबै योजना र मिसन पूरा भएको भन्दै क्रिकेटबाट टाढा हुने निर्णय गरेको उनले बताए ।

प्याकुरेलले अब क्यान नयाँ ढंगले अगाडि बढोस भन्ने चाहेको र त्यसका लागि बाटो पनि खुल्ला गरेको धारणा राखे । क्यानमा आफ्नो योजना पूरा भएको र अब टास्सिएर बस्न उचित नभएको भन्दै राजीनामा दिएको उहाको भनाइ छ ।

त्यस्तै उपाध्यक्ष श्रेष्ठले क्यानको सुधारका लागि गरिएको सबै काम सम्पन्न भइरहेको र यसलाइ निरन्तरता दिनुपर्ने धारणा राखे ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा २०७६ साल असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा र श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ३० बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र