क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा « Khabarhub

क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्  ।काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पूरा भएको, अहिले क्यान पुर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो संघलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्छ भन्दै राजिनामा दिएको बताए ।

आइसीसीबाट बजेट आउने क्रम सुरु भएपछि नै राजीनामा दिने सोच आएको भएपनि  अब अहिले आफ्नो सबै योजना र मिसन पूरा भएको भन्दै क्रिकेटबाट टाढा हुने निर्णय गरेको उनले बताए ।

प्याकुरेलले अब क्यान नयाँ ढंगले अगाडि बढोस भन्ने चाहेको र त्यसका लागि बाटो पनि खुल्ला गरेको धारणा राखे । क्यानमा आफ्नो योजना पूरा भएको र अब टास्सिएर बस्न उचित नभएको भन्दै राजीनामा दिएको उहाको भनाइ छ ।

त्यस्तै उपाध्यक्ष श्रेष्ठले क्यानको सुधारका लागि गरिएको सबै काम सम्पन्न भइरहेको र यसलाइ निरन्तरता दिनुपर्ने धारणा राखे ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा २०७६ साल असोज ११ गतेको निर्वाचनबाट प्याकुरेल सचिवमा र श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ३० बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक