प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक | Khabarhub Khabarhub

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

संसद्को अवरोध हटाउने विषय छलफलमा


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठक बिहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने देउवाको सचिवालयले जनाएको छ । बैठकमा संसदमा भएका सबै दललाई डाकिएको छ । सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार प्रमुख विपक्षी एमालेले प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जाने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए । राष्ट्रियसभा सदस्यसमेत रहेका दाहालले भने,’प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा जान्छौँ, आफ्ना कुरा राख्छौँ ।’

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् । यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ६ : ३० बजे

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’

एसीसी यु-१६ : सेमिफाइनलमा मलेसियाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

तनहुँ- तनहुँका किसानलाई डालेघाँसको सहज व्यवस्था होस् भन्ने उद्देश्यले डिभिजन

गण्डक नहरका संरचना जीर्ण

पर्सा-  पचास वर्षअघि सञ्चालनमा आएको गण्डक नहरको संरचना जीर्ण बनेका

ऐश्वर्यासँगको दुस्मनीबारे बोलिन् रानी, खुलाइन् सलमानले लफडा गरेको फिल्म ‘चल्ते चल्ते’को किस्सा

काठमाडौं – बलिउड नायिका रानी मुखर्जीले अर्की नायिका ऐश्वर्यासँग सम्बन्ध