मेगा बैंकद्वारा रौतहटका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम | Khabarhub Khabarhub

मेगा बैंकद्वारा रौतहटका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहटको गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो ।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तर्क्रिया समेत गरेको छ ।

कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ्ग विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधाहरु, बचत, ऋण, रेमिटान्स, वचत गर्ने उपायहरु, वचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिएका थिए ।

नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि ब्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरुले जोड दिए ।

उर्वर नेपालसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

साथै, मेगा बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्नेछन् ।

किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरुलाई बैंकिङ्ग साना कर्जा कारोवार गर्न सहज र सरल भएको छ ।

उत्त कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटका जिल्ला संयोजक मनिष अधिकारी लगायतले उर्बर नेपालले किसानहरुको उत्पादन उर्बर बजार मार्फत उपभोक्ता समक्ष पहुँच पुर्‍याउने बताएका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  २ : ५५ बजे

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा

काठमाडौं – बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी– सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद

काठमाडौं महानगरले भन्यो : सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्नू

काठमाडौं – काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

हेटौँडा– बिहानको झिसमिसे उज्यालोमा  बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू