उद्यमशीलता बढाउन नीतिगत सुधारको आवश्यकता रहको युवा उद्यमीहरुको धारणा | Khabarhub Khabarhub

उद्यमशीलता बढाउन नीतिगत सुधारको आवश्यकता रहको युवा उद्यमीहरुको धारणा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवाहरूलाई उद्योग व्यवसायका क्षेत्रमा आकर्षित गर्न सरकारले नीतिगत सुधार गर्नुपर्ने युवा उद्यमीहरुले बताएका छन् ।

शुक्रबार पेभेलियन हलमा आयोजित ‘नेपालमा युवा उद्यमशीलता : अवसर र चुनौत’ विषयक ‘खबरहब बहस’मा सहभागी वक्ताले नेपालमा युवा उद्यमशीलताका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका हुन् ।

कार्यक्रमा धारणा राख्दै पूर्व प्रधानन्यायाधी कल्याण श्रेष्ठ । तस्वीर- खबरहब ।

कार्यक्रका प्रमुख अतिथिसमेत रहेका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले युवालाई उद्योग व्यवसायमा सहभागी गराउन सरकारले नीतिगत व्यवस्थाका साथै दीर्घकालीन योजना बनाउनुपर्ने बताए ।

देशको भविष्य भनेकै युवा समूह भएको हुँदा उनीहरूलाई देशमै अवसर प्रदान गर्ने वातावरण बनाइनुका साथै उत्प्रेरणा दिनुपर्ने उनले बताए ।

उनले भने, ‘जुन युवा व्यापार व्यसायमा लागेर अरुलाई रोजगारी दिनुपर्ने हो । उनीहरू नै बेरोजगार भएर बस्नुपर्ने अवस्था छ । यो अवस्थालाई कसरी निराकरण गर्न सकिन्छ भन्नेतर्फ राज्य चनाखो हुनुपर्छ ।’

हेरौँ भिडियो

उनले युवाहरूलाई उद्यमशील क्षेत्रमा ल्याउन प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू सरकारले ल्याउनुपर्ने बताए । अब युवाले उद्योग व्यवसायमा हस्तक्षेप गर्नुपर्ने उनको भनाइ थियो । उनले व्यवसायका विविध क्षेत्रहरूको पहिचान गरी नयाँ–नयाँ क्षेत्रमा लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा धारणा राख्दै अर्थविद् डा. दधि अधिकारी । तस्वीर- खबरहब ।

कार्यक्रममा अर्थविद् डा. दधि अधिकारीले कुनै पनि देशको विकासका लागि त्यहाँको अर्थतन्त्र र उद्योग व्यवसाय सुदृढ हुनु जरुरी रहेको बताए । भारतबाट आउने उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था नहुँदा पनि उद्यमीहरू निरुत्साहित हुने बताए ।

उनले भने, ‘यस्ता समस्याका लागि सकारले नै नेपाली उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्ने नीति बनाउनुपर्छ, जसले उद्यमीहरूमा समेत हौसला बढाउन सकोस् ।’

कार्यक्रममा धारणा राख्दै युवा उद्यमी रविन अधिकारी । तस्बीर- खबरहब ।

कार्यक्रमा युवा उद्यमी रविन अधिकारीले शैक्षिक स्थिति गुणस्तरीय नहुँदा समेत अहिले युवा उद्यमीहरुका लागि चुनाैतीको सामना गर्नु परेको धारणा राखे ।

विद्यालयस्तरबाटै उद्योगका विषयमा ज्ञान दिने शैक्षिक वातावरण नहुँदा चुनाैती हुने गरेको बताए । व्यापार व्यवसायमा अल्पज्ञान भएकै कारण वैदेशिक व्यापारसँग तुलना गर्न सकिने अवस्था नरहेको उनले जनाए ।

कार्यक्रममा धारणा राख्दै व्यवसायी तथा उद्यमी लभसेन दाहाल । तस्वीर- खबरहब ।

अर्का व्यवसायी तथा उद्यमी लभसेन दाहालले उद्यमीहरूका लागि आफूल उत्पादन गरेका सामानहरूको बजारीकरण तथा निर्यातमा ठूलो चुनौती रहेको बताए । उत्पादित वस्तुहरू स्वदेशमै खपत नहुने तथा विदेश निर्यातका लागि समेत समस्या रहेको धारणा राखे ।

नेपाली उत्पादनहरूलाई विदेशमा कारोबार गर्न ठूलो मात्रमा करको भार खेप्नुपर्ने अवस्था रहेको हुँदा कम मूल्यमा उत्पादित वस्तुहरू विदेशमा निर्यात गर्न सक्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा धारणा राख्दै युवा उद्यमी शशी चन्द्र प्रधानाङ्ग । तस्वीर- खबरहब ।

त्यस्तै अर्का युवा उद्यमी शशी चन्द्र प्रधानाङ्गले लगानी सुरक्षित हुने अवस्था नहुँदा युवा उद्यमीहरूका लागि चुनौती खडा हुने गरेको बताए । उनले सरकारले लगानी सुरक्षित हुने वातावरण बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रमा युवा उद्यमी शान्ता बाँस्कोटा (कोइराला)ले सरकारले व्यापारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताइन् । उनले युवा उद्यमीहरूका लागि सहज हुने खालका नीति नियमहरू सरकारले बनाउनुपर्ने बताइन् । उनका अनुसार सरकारले ठूला र साना व्यवसायीलाई एकै ठाउँमा राखेर नीति निर्माण गर्ने गरेकाले त्यसले साना व्यवसायीहरूलाई समस्यामा पार्ने धारणा राखिन् ।

कार्यक्रममा धारणा राख्दै युवा उद्यमी शान्ता बाँस्कोटा (कोइराला) । तस्वीर- खबरहब ।

उनले भनिन्, ‘सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ, साना–ठूला व्यापारीहरूको हित हुने खालका नीति नियमहरू बनाउनुपर्छ । जसले युवावर्गको उद्योग व्यवसायमा आकर्षण बढ्न सकोस् ।’

उनले विदेशमा पठाएको सामान फिर्ता आउँदा पनि १३ प्रतिशत कर तिर्नुपर्ने अवस्था रहेको हुँदा यसले उद्यमीलाई दुरुत्साहन गर्ने गरेको उनले बताइन् ।

त्यस्तै नागरिक अगुवा तथा व्यवसायी गणेशकुमार मण्डलले युवाहरूले काम गर्न जाँगर राख्नुपर्ने बताए । उनले लगानीका लागि समस्या नहुने भए पनि नीतिगनु सुधार भने आवश्यकता रहेको औँल्याए ।

कार्यक्रममा धारणा राख्दै नागरिक अगुवा तथा व्यवसायी गणेशकुमार मण्डल । तस्वीर खबरहब ।

कार्यक्रममा पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले व्यापारका क्षेत्रमा सरकारले नाफा लिँदा सेवा र व्यापारीले लिँदा कालोबजारी भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

उनले भने, ‘सरकारले व्यापारीहरूलाई २० प्रतिशत भन्दा धेरै नाफा लिन नपाइने भन्छ तर कतिपय कुरामा सरकार आफैँले त्यो भन्दा बढी लिइरहेको हुन्छ । यो अमिल्दो देखियो ।’

कोरोनाले धेरै व्यवापारीले घर खेत बेचेर व्यवसाय चलाउनुपर्ने अवस्था आउँदा पनि सरकारले त्यसप्रति खासै चासो नदेखाएको उनले गुनासो गरे । महामारीको चपेटामा परेका व्यापारीहरूले सरकारबाट कुनै पनि किसिमको सहुलियत पाउन नसक्नु दुर्भाग्य भएको बताए ।

‘नेपालमा युवा उद्यमशीलता : अवसर र चुनौत’ विषयक कार्यक्रममा सहभागीहरु । तस्वीर-खबरहब ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ४३ बजे

दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

काठमाडौ‌– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म एक अर्ब ८१

आइपिएलमा को-को बन्दैछन् ‘रिटेन’ खेलाडी ?

मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, सन राइजर्स हैदरावाद

एएफसी च्याम्पियन्स लिग : अल नासरको दोस्रो जित

काठमाडौं– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासरले दोस्रो जित निकालेको

अधिकांश भूभागको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रिय पुरुष क्रिकेट : अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा

कास्की – नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने