स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन पक्राउ « Khabarhub

स्रोत नखुलेको साढे १५ लाख रकमसहित तीन पक्राउ


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । उनीहरू हुन्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ ।

साथै उनीहरू सवार ना६०प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ८ : ०२ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३