खाद्यान्न सङ्कटमा परेका चेपाङ परिवारलाई सहयोग « Khabarhub

खाद्यान्न सङ्कटमा परेका चेपाङ परिवारलाई सहयोग


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाका विपन्न १०२ चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हिन्दूको महान चाड दसैँ तिहार नजिकै आइरहेको अवस्थामा कोभिडका कारण ज्याला मजदूरी गर्नसमेत नपाई खाद्यान्न सङ्कटमा परेका चेपाङ घर परिवारलाई सहयोग गरिएको हो ।

एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर इननट इभी) जर्मनी तथा नेपाल बाल सहायता सङ्घको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा सहयोग गरिएको हो ।

दसैँ-तिहारजस्ता पर्व मान्न समस्या भएका ती विपन्न चेपाङ परिवारलाई प्रतिपरिवार दुई बोरा चामल, दुई किलो नुन, दुई लिटर तेल, चार पोका मस्यौरा, दुई किलो दाल, दुई किलो केराउलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको थियो । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनीलगायत गाउँका चेपाङलाई सो सहयोग प्रदान गरिएको हो । यस क्षेत्रका चेपाङ समुदायलाई आफ्नो उत्पादनले छ महिना खान पनि धौधौ हुने गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १० : ०४ बजे

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस