अस्ट्रेलियाको निर्वाचनमा सत्तारुढ गठबन्धनको बहुमत « Khabarhub

अस्ट्रेलियाको निर्वाचनमा सत्तारुढ गठबन्धनको बहुमत


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यसअघिका सर्वेक्षणहरुलाई गलत सावित गर्दै अस्ट्रेलियामा भएको आम निर्वाचन पछि पनि वर्तमान सत्तारुढ गठबन्धनले सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको छ ।

अस्ट्रेलियाको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार लिबरल पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिक)का १५१ सिटमध्ये ७६ सिट प्राप्त गरेको छ । अस्ट्रेलियामा सरकार गठन गर्न तल्लो सदनमा ७६ सिट आवश्यक पर्छ ।

त्यसबाहेक मतगणना भइरहेका अन्य ३ मध्ये १ निर्वाचन क्षेत्रमा पनि सत्तारुढ गठबन्धनकै उम्मेद्वार अगाडि रहेका जनाइएको छ ।

यससँगै मध्य–दक्षिणपन्थी गठबन्धनले अन्य कुनै पार्टीको सहयोग बिना सरकार बनाउन सक्नेछ भने निकै नै अस्थीर रहँदै आएको अस्टे«लियाको राजनीति स्थीरतातर्फ अन्मुख हुने विश्लेषण पनि गर्न थालिएको छ ।

निर्वाचन हुनुअघि सत्तारुढ गठबन्धन नराम्ररी पराजित हुने तथा विपक्षी लेबर पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उदाउने सर्वेक्षण गरिएको थियो ।

निर्वाचनको नतिजासँगै प्रधानमन्त्री स्कट मरिसनले यो जीतलाई ‘चमत्कार’ को संज्ञा दिएका छन् भने विपक्षी लेबर पार्टीका नेता बिन सर्टनले पराजय स्वीकार गर्दै आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  २ : २७ बजे

साहित्यकार डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन

काठमाडौं– लेखक तथा सहित्यकार खुसीराम डौलियाद्धारा लिखित २० कृतिहरु एकै

रवि र शिशिरको भारत भ्रमणबारे नीलाम्बरको टिप्पणी : मुख्य मुद्दा नउठाएर नेपाल फेरि चुक्यो

काठमाडौं- नेपाल–भारत प्रबुद्ध समूहका सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं– पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्

गाजा युद्धविराम कार्यान्वयनबारे हमास र प्यालेस्टिनी पक्षबीच काइरोमा वार्ता

गाजा– हमासले शनिबार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा