अस्ट्रेलियाको निर्वाचनमा सत्तारुढ गठबन्धनको बहुमत « Khabarhub

अस्ट्रेलियाको निर्वाचनमा सत्तारुढ गठबन्धनको बहुमत


६ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यसअघिका सर्वेक्षणहरुलाई गलत सावित गर्दै अस्ट्रेलियामा भएको आम निर्वाचन पछि पनि वर्तमान सत्तारुढ गठबन्धनले सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको छ ।

अस्ट्रेलियाको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार लिबरल पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिक)का १५१ सिटमध्ये ७६ सिट प्राप्त गरेको छ । अस्ट्रेलियामा सरकार गठन गर्न तल्लो सदनमा ७६ सिट आवश्यक पर्छ ।

त्यसबाहेक मतगणना भइरहेका अन्य ३ मध्ये १ निर्वाचन क्षेत्रमा पनि सत्तारुढ गठबन्धनकै उम्मेद्वार अगाडि रहेका जनाइएको छ ।

यससँगै मध्य–दक्षिणपन्थी गठबन्धनले अन्य कुनै पार्टीको सहयोग बिना सरकार बनाउन सक्नेछ भने निकै नै अस्थीर रहँदै आएको अस्टे«लियाको राजनीति स्थीरतातर्फ अन्मुख हुने विश्लेषण पनि गर्न थालिएको छ ।

निर्वाचन हुनुअघि सत्तारुढ गठबन्धन नराम्ररी पराजित हुने तथा विपक्षी लेबर पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उदाउने सर्वेक्षण गरिएको थियो ।

निर्वाचनको नतिजासँगै प्रधानमन्त्री स्कट मरिसनले यो जीतलाई ‘चमत्कार’ को संज्ञा दिएका छन् भने विपक्षी लेबर पार्टीका नेता बिन सर्टनले पराजय स्वीकार गर्दै आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  २ : २७ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट