यस्तो छ घमौरा आउनुको कारण र बच्ने उपाय « Khabarhub

यस्तो छ घमौरा आउनुको कारण र बच्ने उपाय


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्दछ । यी समस्यामध्ये एक हो, घमौरा । यो पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ । तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिने गर्दछ ।

किन आउँछ घमौरा ?

– छालामा उपस्थित ब्याक्टेरियाले पसिना निस्कने छिद्रलाई बन्द गर्दा ।

– मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द गरे ।

– फोहोर, धुलो मैलो छालामा जम्मा हुदाँ छालामा रहेको छिद्र थुनिदाँ ।

– अत्यधिक पसिना आउनु ।

– गर्मीमा बाक्लो लुगा लगाउनु ।

– फोहोर खेल्नु ।

– नियमित हातखुट्टा सफा नगर्नु ।

– प्रदुषित वातावरण

बच्ने घरेलु उपाय

क) दैनिक ३ पटकसम्म एक एक चम्चा घ्यु कुमारीको जेललाई घमौरामा लगाउने ।

ख) नीमको २० वटा पातलाई एक गिलास पानीमा उमालेर चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र केही समयपछि नुहाउने ।

ग) एक गिलास पानीमा एउटा कागती र काक्रालाई पानीमा डुबाएर राख्ने र केही समय पछि घमौरा निस्किएको ठाउँमा लगाउने ।

घ) एक चम्चा जैतुनको तेलमा मह मिसाउने र घमौरामा लगाउने र केही समयपछि धुने ।

ङ) लसुनलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्ने ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै