यस्तो छ घमौरा आउनुको कारण र बच्ने उपाय « Khabarhub

यस्तो छ घमौरा आउनुको कारण र बच्ने उपाय


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा छालामा विभिन्न समस्या देखिने गर्दछ । यी समस्यामध्ये एक हो, घमौरा । यो पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ । तर कहिलेकाही कुनै कारणवंश पसिनाको प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिने गर्दछ ।

किन आउँछ घमौरा ?

– छालामा उपस्थित ब्याक्टेरियाले पसिना निस्कने छिद्रलाई बन्द गर्दा ।

– मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द गरे ।

– फोहोर, धुलो मैलो छालामा जम्मा हुदाँ छालामा रहेको छिद्र थुनिदाँ ।

– अत्यधिक पसिना आउनु ।

– गर्मीमा बाक्लो लुगा लगाउनु ।

– फोहोर खेल्नु ।

– नियमित हातखुट्टा सफा नगर्नु ।

– प्रदुषित वातावरण

बच्ने घरेलु उपाय

क) दैनिक ३ पटकसम्म एक एक चम्चा घ्यु कुमारीको जेललाई घमौरामा लगाउने ।

ख) नीमको २० वटा पातलाई एक गिलास पानीमा उमालेर चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र केही समयपछि नुहाउने ।

ग) एक गिलास पानीमा एउटा कागती र काक्रालाई पानीमा डुबाएर राख्ने र केही समय पछि घमौरा निस्किएको ठाउँमा लगाउने ।

घ) एक चम्चा जैतुनको तेलमा मह मिसाउने र घमौरामा लगाउने र केही समयपछि धुने ।

ङ) लसुनलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्ने ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ३१ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी