आफ्नो जीत चाहनुहुन्छ भने नजिकको व्यक्तिसित बनाउनुहोस् राम्रो सम्बन्ध « Khabarhub

आफ्नो जीत चाहनुहुन्छ भने नजिकको व्यक्तिसित बनाउनुहोस् राम्रो सम्बन्ध


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रत्येक बोसको कोही न कोही कृपापात्र हुन्छ । मलाई लाग्छ यस्तो हुने हुँदैन । तर यो त व्यक्तिको स्वभाव नै हो । यस्तो कारण हुन्छ किनकी हामी व्यक्ति हौँ । अभिभावकले कुनै बच्चालाई अतिरिक्त स्नेह देखाउँछन् त तिनले के यो कुरालाई स्वीकार गर्दैनन् ? यस किसिमका दुई भाग छन्—

– यदि पक्षपात भइरहेको छ तथा यो स्वभाविक रुपमा हुन्छ भने तपाईं आफ्नो बोसको कृपापात्र हुनुहुन्छ ।

– तपाईंले अवश्य नै दोस्रो विभागको कोशिस गर्न सक्नुहुन्छ ।

-तपाईं पनि आफ्नो बोसको कृपापात्र बन्न कोशिस गर्न सक्नुहुन्छ । यदि तपाईं कृपापात्र बन्नुभयो भने आफ्ना सहकर्मीलाई यसको शान नदेखाउनुहोस् । सदैव विनम्र र शालीन हुनुहोस् ।

-बोसको कृपापात्र बन्न योग्यता, उपस्थिति, गुण, विशेषज्ञता, अनुभव, आकर्षण व्यक्तिगत लोकव्यवहार तथा लोकप्रियतामा निर्भर रहन्छ । यो चम्चागिरी र चापलुसी आदिमा निर्भर हुनुहुँदैन । यदि तपाईं साँच्चिकै विश्वसनीय, कार्यकुशल तथा इमानदार भएको नाताले यसको दाबेदार हुनुहुन्छ भने तपाईंको सहकर्मीले यसलाई समर्थन गर्नेछन् ।

-दोस्रो विभागको कृपापात्रलाई जान्न गाह्रो छैन । ऊसित त्यस किसिमको व्यवहार हुनसक्छ, जस्तो किसिमको व्यवहार तपाईंको विभागमा तपाईंसित हुन्छ ।

-बोसको कृपापात्रलाई चिन्नुहोस् तथा साथी बनाउनुहोस् । यसले तपाईंलाई वास्तविक रुपमा के भइरहेको छ भन्ने थाहा हुन्छ । तपाईंलाई बढी जानकारी प्राप्त हुन्छ । तपाईंको कुरा दोस्रो विभागको बोससम्म पुग्न सक्छ तथा तपाईं विशिष्ट श्रेणीमा पुग्न सक्नुहुन्छ ।

साभार  : ‘तपाईंको जीत’पुस्तकबाट

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ५३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष