‘पोइ पर्‍यो काले’ को औपचारिक घोषणा, पूजाको श्रीमान बन्दै सौगात « Khabarhub

‘पोइ पर्‍यो काले’ को औपचारिक घोषणा, पूजाको श्रीमान बन्दै सौगात


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

काठमाडौं – चलचित्र ‘पोइ पर्‍यो काले’ को औपचारिक घोषणा गरिएको छ । महिनौँअघिदेखि नै फिल्म निर्माणको हल्ला बाहिर आएको थियो । सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ‌औपचारिक निर्माणसँगै फिल्मको मुहूर्त गरियो । चलचित्र आएँदो कार्तिक ८ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

शिशिर राणाले निर्देशन गर्ने यो फिल्ममा पूजा शर्मा, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, आकाश श्रेष्ठ, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहनेछ । फिल्मको कथा निर्देशक राणाले नै लेखेका हुन् । चलचित्रमा पूजाको श्रीमानको भूमिकामा सौगात मल्ल रहनेछन् ।

सुरक्षा पन्तको छोटो भूमिका रहने यो फिल्ममा ताराप्रकाश ‘किम्भे’ को सम्पादन रहेको छ । यस्तै फिल्ममा दीपक मनाङे र देवी राईको निर्माण रहनेछ भने किरण नेपाली र रघु परियार सह–निर्माताका रुपमा छन् ।

जेठ १३ गतेबाट फ्लोरमा जान लागेको यो फिल्म स्तरीय बनाउने निर्देशकले दाबी गरे ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ५ : २७ बजे

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा