कतारले परिवर्तन गर्‍यो यात्रा नीति, खोप नलगाएकाले ७ दिन मात्र क्वारेन्टाइन बस्नपर्ने « Khabarhub

कतारले परिवर्तन गर्‍यो यात्रा नीति, खोप नलगाएकाले ७ दिन मात्र क्वारेन्टाइन बस्नपर्ने


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ ।

नेपालसहित ९ देशका खोप नलगाएका यात्रुहरुले कतार प्रवेश गर्दा ७ दिन मात्रै होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, केन्या र सुडानबाट कतारी आईडी भएका र नयाँ भिसामा खोप नलगाई प्रवेश गर्नेहरुले ७ दिन मात्र होटल क्वारेन्टाइन बस्नुपर्ने नयाँ नियम लागू हुने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो नयाँ नियम बुधबार अर्थात् अक्टोबर ६ तारिखमा लागू हुने मन्त्रालयले जनाएको छ । यसअघि खोप नलगाई कतार प्रवेश गर्दा १० दिनसम्म होटल क्वारेन्टाइन बस्नुपर्ने नियम थियो ।

यस्तै, कतार भित्र वा बाहिर कतार सरकारले मान्यता दिएको पूर्ण डोज खोप लगाएका व्यक्तिहरुले कतार फर्कदा दुई दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम छ भने ७२ घन्टा भित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र साथमा ल्याउनु पर्नेछ ।

कतारको यो नयाँ यात्रा नीतिसंगै अब नेपालमा खोप नलगाएका नेपालीले पनि कतार प्रवेश गर्दा १० दिने होटल क्वारेन्टाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : १० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले