पाकिस्तान-इरान सीमामा आवागमन पुनः शुरु | Khabarhub Khabarhub

पाकिस्तान-इरान सीमामा आवागमन पुनः शुरु


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलुचिस्तान – पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्।

प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्तानी नागरिकलाई इरान प्रवेश गर्न अनुमति दिँदै ताफ्टन सीमामा नियमित आवतजावत प्रक्रिया शुरु गरेको छ।

गत जुन २९ देखि पाकिस्तानमा कोभिड १९ को बढ्दो सङ्क्रमणका कारण देखाउँदै इरानी अधिकारीहरूले पाकिस्तानीहरूलाई इरान प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए।

द एक्सप्रेस ट्रिब्यूनको समाचार अनुसार यस बीचमा पनि द्विदेशीय पारवहान र व्यापार भने नियमित नै रहेको थियो। यस अवधिमा इरानी नागरिकहरूलाई पाकिस्तान आउँन भने कुनै बन्देज लगाइएको थिएन।

तर पाकिस्तानीहरूलाई इरान प्रवेशमा भने रोक लगाइएको थियो र अहिले पनि थुप्रै पाकिस्तानी नागरिकहरू तीर्थयात्रा र अन्य भ्रमणका निम्ति इरान भ्रमणको अनुमतिको पर्खाइमा छन्।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ३५ बजे

‘जेन-जी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य

सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु

किमाथांका– जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–२३ स्थित गाढा गाउँमा सिँचाइका लागि प्रयोग

चमन सीमाबाट अफगान शरणार्थी फेरि फर्किन थाले

एजेन्सी– यसअघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा

ट्रम्पद्वारा सञ्चारमाध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चारमाध्यमहरूले आफूमाथि अत्यधिक नकारात्मक समाचार