पाकिस्तान-इरान सीमामा आवागमन पुनः शुरु « Khabarhub

पाकिस्तान-इरान सीमामा आवागमन पुनः शुरु


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलुचिस्तान – पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्।

प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्तानी नागरिकलाई इरान प्रवेश गर्न अनुमति दिँदै ताफ्टन सीमामा नियमित आवतजावत प्रक्रिया शुरु गरेको छ।

गत जुन २९ देखि पाकिस्तानमा कोभिड १९ को बढ्दो सङ्क्रमणका कारण देखाउँदै इरानी अधिकारीहरूले पाकिस्तानीहरूलाई इरान प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए।

द एक्सप्रेस ट्रिब्यूनको समाचार अनुसार यस बीचमा पनि द्विदेशीय पारवहान र व्यापार भने नियमित नै रहेको थियो। यस अवधिमा इरानी नागरिकहरूलाई पाकिस्तान आउँन भने कुनै बन्देज लगाइएको थिएन।

तर पाकिस्तानीहरूलाई इरान प्रवेशमा भने रोक लगाइएको थियो र अहिले पनि थुप्रै पाकिस्तानी नागरिकहरू तीर्थयात्रा र अन्य भ्रमणका निम्ति इरान भ्रमणको अनुमतिको पर्खाइमा छन्।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १ : ३५ बजे

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल