फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन, नेपाल लगायत थुप्रै देशमा समस्या « Khabarhub

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन, नेपाल लगायत थुप्रै देशमा समस्या


१८ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फेसबुक एप, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप नेपाली समयअनुसार सोमबार बेलुकी डाउन भएका छन्।

डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका हजारौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएको बताएका छन्।

प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् ।

यस्तै इन्टा र ह्वाट्स एपबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ ।

यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन । वेबसाइट र स्मार्ट फोन दुबैमा यी एपहरुले काम गरेका छैनन् । फेसबुकले एक सन्देश जारी गर्दै यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने बताएको छ ।

फेसबुकले प्रयोगप्रतामाथि पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । सर्भर डाउन हुनुको पछाडी साइबर हमलाको समेत आशंका गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १० : २५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट