यसरी बनाउन सकिन्छ खसीको मासुको अचार « Khabarhub

यसरी बनाउन सकिन्छ खसीको मासुको अचार


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री

बोसो र हड्डि छुट्याएको मटन– १ के.जी.

शुद्ध तेल    – आधा लिटर

नुन– ३० ग्राम

बेसार– १ चम्चा (सानो चम्चाको)

अदुवा लसुनको पेष्ट– २५ ग्राम

जिराधो धुलो– १५ ग्राम

धनियाको धुलो – १० ग्राम

देशी सुप – ५ ग्राम

रायोको धुलो  – २५ ग्राम

मुङ्ग्य्राइलो    – १० ग्राम

गरम मसला  – ५ ग्राम

पकाएको ज्यामिरको रस – १ सानो चम्चा

खुर्सानी   – स्वाद अनुसार

बनाउने विधि :

-मटनलाई डेक्चीमा राखेर चुलोमा एकछिन बफाउने र झिकेर सेलाएपछि मसिनो गरी केस्राकेस्रा छुट्याउने ।

-फ्राइपेनमा तेल तताउने । तातेपछि सानो आँचमा मटन बिस्तारै फ्राई गर्ने ।

-पाकेर झुरुम झुरुम हुने भएपछि झिकेर सेलाउने र अर्काे फ्राइपेन बसाउने, अदुवा लसुन फ्राई गर्ने, सुनौला भएपछि सबै मसला फ्राई गरेर झिकेर सेलाउने ।

-सबै मसला र अमिलो सहित मासुमा राखेर काँटाले राम्ररी चलाउने । यो ताजै खाए पनि हुन्छ ।

-३० मिनेटसम्म उमालेर पानीमा पकाएको सिसी ओभानो पारेर चिसो पारेको तयारी अचार सिसीमा खाँदेर बिर्काे कसेर राख्ने । मासुको अचार तयार हुन्छ । यो लामो समयसम्म राखेर पनि खान सकिन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ६ : ५२ बजे

५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण

सर्लाही – व्यावसायिक पशुपालनमा प्रोत्साहन तथा दूध र मासु उत्पादनको

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

गणेश नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित

पाँचथर – यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा

भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजिल्याण्डमा

अकल्यान्ड – दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत