रामायण के हो ? | Khabarhub Khabarhub

रामायण के हो ?


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरैले टेलिभिजनमा रामायण हेर्नु भएको होला । कतिपयले रामायण पढ्नु वा सुन्नु भएको पनि होला । तर रामायण के हो भने थाहा छैन भन्नेहरुलागी यहाँ दिइएको जानकारी उपयोगी हुन सक्छ ।

रामायण भनेको रामले हिडेका बाटो देखाउने पद्धतिको हो । रामायण आफैँमा एक धर्म समेत मानिन्छ । सत्मार्गमा हिड्ने प्रेरणाले भरीएको रामायणमा रामको आचरण नै मुख्य केन्द्र हो । रामायण धेरैवटा छन् । योगवाशिष्ट महारामायण, मूल रामायण, अध्यात्म रामायण, वाल्मिकीय रामायण, अद्भूत रामायण, आनन्द रामायण, काकभुसुण्डी रामायण, भविष्य रामायण, भानुभक्तीय रामायण र तुलसीकृत रामायण आदी पर्दछन् ।

वाल्मीकीय रामायण, आनन्द रामायण, भानुभक्तीय रामायण नेपालमा पढ्ने गरीन्छ । सबैभन्दा पुरानो रामायण वाल्मीकीय रामायण हो । जसलाई संसारकै आदी महाकाव्य मानिएको छ । महर्षी वाल्मीकद्वारा रचित यस रामायणमा २४ हजार श्लोक रहेका छन् ।

रामले पत्नी सीता र भाइ लक्ष्मणको साथमा १४ वर्ष वनवासमा बिताएका थिए । यसैबेला रावणद्वारा सीता अपहरणमा परेकी थिइन् । रामायणका सूत्राधार दशरथ र पत्नी कैकेयी हुन् । यसका मुख्य पात्रमा दशरथ पुत्र राम, जनक पुत्री सीता, रावण छन् । सहायक पात्रमा रामका सेवक हनुमान, भाइ लक्ष्मण, भरत, शत्रुघ्न छन् । रामायणका सबै घटना हुनुमा लङ्काधिपति रावणकी बहिनी सुपर्णखाको भुमिका मुख्य मानिन्छ ।

रामका कुल गुरु महर्षी वशिष्ठ र विद्या गुरु विश्वामित्र हुन् । वशिष्ठ का बाबु महर्षि मित्रावरुण र आमा उर्वशी अप्सरा हुन् । विश्वामित्र भने क्षेत्रीय राजा विश्वरथबाट तपस्याको बलले महर्षि पदमा पुगेका थिए । रामायण मूलतः करुण रस प्रधान महाकाव्य हो तर प्रसङ्ग अनुसार वीर, रौद्र, भयानक आदि सबै रस प्रयोग भएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १२ : २३ बजे

बीमा बोर्डले बिपी प्रतिष्ठानलाई दिएन ७४ करोड, प्रथम सेवाविन्दुबाटै बाहिरिएपछि धराने आन्दोलित

सुनसरी– धरानका दुई लाख सर्वसाधारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार

तीन वर्षपछि क्यानले आदिललाई बोलायो प्रशिक्षणमा

काठमाडौं- टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताका

यस्तो छ १९ दिन ढिला गरी काठमाडौं महानगरले ल्याएको बजेट (पूर्णपाठ)

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापतिमा परिणत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको