लक्ष्मी उदीयमान खेलाडी घोषित « Khabarhub

लक्ष्मी उदीयमान खेलाडी घोषित


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ उदीयमान खेलाडी घोषित भएकी छन् ।

सोमबार भएको कार्यक्रममा उदीयमान खेलाडी घोषित भएको लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम संकलन गरी ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताअन्तर्गत पुरुष छान् छ्वानमा बलम्बु माविका मेमबहादुर लो र महिलामा बुद्ध प्रकाशकी मनिका थापा तथा पुरुष नान छ्वानमा बुद्ध प्रकाशका छिरिङ लामाले स्वर्ण जिते ।

पुरुष थाइची छ्वानमा बुद्ध प्रकाशका आकाश लुङगेली तथा महिलामा बुद्ध प्रकाशकै मारिया राई पहिलो भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेल, आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि एकदिने प्रतियोगिताको राखेपकी सदस्य इन्दिरा निरौलाले उद्घाटन गरेकी थिइन् ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : २९ बजे

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान

रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं–  रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युतका टनेलमा खोज जारी रहन्छ : नेपाली सेना

काठमाडौं– नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक