जितेन्द्रकाे बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक | Khabarhub Khabarhub

जितेन्द्रकाे बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक


१९ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साहित्यकार जितेन्द्र रसिकको १२ औँ कृति बालकथा सङ्ग्रह ‘गुलेली’ सार्वजनिक भएको छ । शिखा बुक्सले प्रकाशन गरेको यो बालकथा सङ्ग्रह च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्रसहित प्रस्तुत गरिएको छ । सङ्ग्रहमा गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरु सङ्ग्रहित छन् ।

पछिल्लो समय कोभिड महामारीले घरमा थुनिएर बसेका बालबालिका कोभिड महामारी कम हुँदै गएपछि विद्यालय जान थालिसकेकाले ती बालबालिकाका लागि रिफ्रेसमेन्ट राख्न कथा सङ्ग्रह सफल रहने कथाकार रसिकको भनाई छ । बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ । कथा सङ्ग्रहको मूल्य १ सय २५ रुपैयाँ रहेको छ ।

कथाका चित्रहरु प्रज्वल थापामगरको रहेको छ भने लेआउट प्रवेश सिन्धुलियको रहेको छ । कथाको सम्पादन साहित्यकार गोपीकृष्ण ढुंगानाले गरेका हुन् ।

रसिकका यसअघि हृदयस्पर्शी छालहरू (गजल सङ्ग्रह –२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह –२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२), काफिया (गजल सङ्ग्रह–२०७३), हावा फल्ने रुख (बालचित्र कथा–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६), पव्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक– २०७७) र बेलबहादुरसँग बिहे (बाल चित्रकथा –२०७७) प्रकाशित छन् । रसिकका करिव १ दर्जन गीत गजल समेत रेकर्ड भइ बजारमा आइसकेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ७ : २२ बजे

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले शपथ लिँदै

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरी