भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जलवायुसम्बन्धी तीन वैज्ञानिकलाई दिइने « Khabarhub

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जलवायुसम्बन्धी तीन वैज्ञानिकलाई दिइने


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्टकहोम- नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ ।

नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् ।

उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो ।

विश्वभरी तापक्रमको मात्रा बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्नेगरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् ।

जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ ।

पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्षको भएका छन्। उनीहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गरेका थिए ।

त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको बारेमा अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ ।

नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो ।

अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ४० बजे

पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत

अलैँचीको बजार मूल्य लगातार ओरालो

फुङ्लिङ – पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको

व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

काठमाडौं– सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनाररसुन्तलाले पहेँलपुर भएको

पोखराविरुद्ध काठमाडौं : कप्तान केसीको बलमा कप्तान भुर्तेल आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व