प्रकाश दाहाल दोस्रो स्मृति खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिममा    « Khabarhub

प्रकाश दाहाल दोस्रो स्मृति खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिममा   


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रकाश दाहाल दोस्रो स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साता शुरू हुने भएको छ ।

नेपाल बक्सिङ संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक २९ गतेदेखि मंसिर ३ गतेसम्म संचालन हुने जनाएको छ ।

प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबारको नियम अनुसार खेलाईने संघले जनाएको छ ।  पुरुषतर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी,६० केजी, ६३.५ केजी, ६७ केजी, ७१ केजी, ७५ केजी, ८० केजी, ८६ केजी, ९२ केजी र ९२ केजी माथिको तौल समूहमा स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ४८ केजी, ५०केजी, ५२ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी र ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तौल समूहको विजेतालाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने बताइएको छ । यस प्रतियोगितालाई अन्तराष्ट्रिय प्रतियोगिताको छनोटको रुपमा समेत लिएको बक्सिङ संघले जनाएको छ । प्रतियोगीताको अनुमानित लागत ३५ लाख रुपैया रहेको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ३ : ४० बजे

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक