बाराका किसानहरूलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम « Khabarhub

बाराका किसानहरूलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरूलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरूको बारेमा जानकारी प्रदान गरेको हो ।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरूलाई व्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तरक्रियासमेत गरेको छ ।

कार्यक्रममा मेगा बैंकका विभगीय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपालकुमार तिब्रेवाल, विरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधाहरू, बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपायहरू, बचत तथा ऋणको महत्वको बारेमा जानकारी दिएका थिए ।

उर्वर नेपालसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नका लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

साथै, मेगा बैंकले कृषकहरूलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत् कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बीऊ, मल, किटनाशक औषधिलगायतका सामानहरू तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरूबाट खरिद गर्न सक्नेछन् ।

किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरुलाई बैंकिङ तथा साना कर्जा कारोबार गर्न सहज र सरल भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ३८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर