खेल पर्यटनका माध्ययमबाट सुदूरपश्चिमलाई चिनाउँछौँ : भट्ट « Khabarhub

खेल पर्यटनका माध्ययमबाट सुदूरपश्चिमलाई चिनाउँछौँ : भट्ट


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खेल पर्यटनका माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने बताएका छन् ।

कैलालीको धनगढीमा आज सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले त्यसका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढेको बताए ।

सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताउँदै उनले राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी नगर्ने उल्लेख गरे ।

सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुआतबाटै मुख्यमन्त्री कपको आयोजना गरेको बताउँदै उनले प्रदेशका ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको बताए । प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको उनको भनाइ छ ।

सो कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताए ।

प्रदेशका नौ जिल्लाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद रु एक लाखसहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहको भनाइ छ ।

उनकाअनुसार प्रतियोगिताको उपविजेतालाई नगद रु ५० हजारसहित ट्रफी दिइनेछ । प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने दुई टिमलाई रु २५/२५ हजार नगदसहित ट्रफी दिइनेछ भने विभिन्न पाँच वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनमा झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : १५ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य