खेल पर्यटनका माध्ययमबाट सुदूरपश्चिमलाई चिनाउँछौँ : भट्ट « Khabarhub

खेल पर्यटनका माध्ययमबाट सुदूरपश्चिमलाई चिनाउँछौँ : भट्ट


२० आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खेल पर्यटनका माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने बताएका छन् ।

कैलालीको धनगढीमा आज सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले त्यसका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढेको बताए ।

सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताउँदै उनले राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी नगर्ने उल्लेख गरे ।

सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुआतबाटै मुख्यमन्त्री कपको आयोजना गरेको बताउँदै उनले प्रदेशका ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको बताए । प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको उनको भनाइ छ ।

सो कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताए ।

प्रदेशका नौ जिल्लाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद रु एक लाखसहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहको भनाइ छ ।

उनकाअनुसार प्रतियोगिताको उपविजेतालाई नगद रु ५० हजारसहित ट्रफी दिइनेछ । प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने दुई टिमलाई रु २५/२५ हजार नगदसहित ट्रफी दिइनेछ भने विभिन्न पाँच वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनमा झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ९ : १५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र