सुरेन्द्रको ‘तेल भिसा’को लोकार्पण « Khabarhub

सुरेन्द्रको ‘तेल भिसा’को लोकार्पण


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कवि तथा लेखक सुरेन्द्र अस्तफलको कवितासंग्रह ‘तेल भिसा’ को लोर्कापण गरिएको छ । चितवनमा बसेर साहित्य सिर्जना गरिरहेका अस्तफलको कृति नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवि श्रवण मुकारुङ, कवि तथा समालोचक महेश पौडेललगायतले लोकार्पण गरे ।

आफ्ना कवितामा समाजको चित्रण गर्न मन पराउने अस्तफलका यस अगाडि ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘विम्वशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन् ।

शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक संघ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्षसमेत रहेका हुन् ।

कवितासंग्रहमा युगबोध, जीवनबोध एवं जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसंगतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ ।

साहित्यकार प्रभा बरालले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्त्व्य शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि कवि श्रवण मुकारुङ रहेका थिए । कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासंग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य दुई सय रुपैंयाँ रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १० : ५३ बजे

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत