‘पूर्वको पशुपतिनाथ’मा निःशुल्क भोजनको व्यवस्था « Khabarhub

‘पूर्वको पशुपतिनाथ’मा निःशुल्क भोजनको व्यवस्था


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भद्रपुर– पूर्वी नेपालको पशुपतिनाथका रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा तीर्थयात्री र भक्तजनको घुइँचो लाग्न थालेको छ । झापासहित छिमेकी जिल्ला र भारतबाट समेत  जलेश्वरधाममा तीर्थयात्रीहरु पुग्ने गर्छन् ।

बढ्दो तीर्थयात्रीको संख्या र दीनदु:खीका लागि भन्दै धाममा नि:शुल्क भोजनको व्यवस्था समेत गरिएको छ ।  धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताए ।

अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको जोशीले बताए । ‘हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो,’ कोषाध्यक्ष जोशीले भने, ‘सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ ।’

हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम ३५ लाख बढी संकलन भइसकेको उनले जानकारी दिए । भविष्यमा १ करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १० : ५५ बजे

जेलमै हत्या गरिएको अफवाहबीच इमरानलाई भेटिन् बहिनी उज्माले

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई उनकी बहिनी उज्मा खानले मंगलबार

एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

वाइडबडी प्रकरणमा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष

दयाराम स्मृति सम्मान शङ्कर लिम्बू र मानवअधिकार पुरस्कार पत्रकार मेनुका ढुङ्गानालाई

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा