जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन् ।

पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको सङ्ख्या १९ हजार ८४७ रहेका छन् ।

२७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताए ।

खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ । दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ । दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ । यसले कोरोना फैलाउने देखिन्छ ।

भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०९ बजे

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै