‘द डटर’ले जित्यो तीन अवार्ड « Khabarhub

‘द डटर’ले जित्यो तीन अवार्ड


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक विषयबस्तुमा आधारित सर्ट फिल्म ‘द डटर’ले तीनवटा विधामा अवार्ड जितेको छ । काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा भएको चौथो संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिभल–२०२१’ मा सट फिल्मको प्रतिस्पर्धामा ‘द डटर’ले तीनवटा अवार्ड जितेको हो ।

फेस्टिभलमा ‘द डटर’बाट ‘सट फिल्म’ विधामा प्रवण भुषलले ‘सर्वोत्कृष्ट नायक’, गायिका तथा अभिनेत्री सरिता भारतीले ‘सर्वोत्कृष्ट अभिनेत्री’ र प्रेम पाण्डे’ले ‘ज्ञसर्वोत्कृष्ट चरित्र अभिनेता’को अवार्ड जिते ।

प्रवणकै कथा रहेको फिल्ममा छोरी जन्माउन नचाहेकी एक आमालाई श्रीमान र डक्टरले छोरीको बारे सकारात्मक प्रभाव पारेर छोरी जन्माउन इच्छुक बनाउँछन् । ती महिलालाई समाजमा छोरी सुरक्षित छैन भन्ने भयले छोरी जन्माउने चाहना हुँदैन ।

फिल्मको यो कथालाई अभिनेता प्रवणले लेखेका हुन् । जसमा पटकथा, संवाद र निर्देशन डब्बु क्षत्रीको रहेको छ । ‘द डटर’मा विशाल प्रजापतिको छायांकन, साहिल खानको सम्पादन, राजेन्द्र बजगाईंको पाश्र्व संगीत, रेनिश फागोको रंग संयोजन, मुकेश शाहको ध्वनी मिश्रण र गणेश बुढाथोकीको पब्लिसिटी रहेको छ ।

फिल्ममा प्रवण, सरिता, प्रेमसँगै ऋतु कोइराला, सुवास खडका, सुष्मा राई, लेखराज दाहाल, बेबी रोजा ढकाल, गंगा ठाकुुर र अप्रिसा भुषालको अभिनय छ । विलक्षण क्रियसनको व्यानरमा बनेको यो फिल्म अप्रिसाले निर्माण गरेकी हुन् ।

यो महोत्सवमा ३५ वटा भन्दा बढी सट फिल्म चयन तथा अनलाइनबाट प्रदर्शन भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ५ : २९ बजे

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको