कमल थापालाई ‘नइ कीर्तिनिधी पुरस्कार’ | Khabarhub Khabarhub

कमल थापालाई ‘नइ कीर्तिनिधी पुरस्कार’


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टका नाममा स्थापित एक लाख रुपैयाँ राशिको ‘नइ कीर्तिनिधी पुरस्कार’बाट शनिबार पुरस्कृत भएका छन् । नई प्रकाशनले आयोजना गरेको कार्यक्रममा उनले संस्कृतिविद तथा शताब्दीपुरुष सत्यमोहन जोशीको हातबाट पुरस्कार प्राप्त गरेका हुन् ।

कार्यक्रममा थापाले एक सय २ वर्षीय डा. जोशीबाट पुरस्कार ग्रहण गर्न पाउदा आफूलाई भाग्यशाली महशुस गरेको बताए । उनले जीवनमा धेरै कठिन परीक्षाको घडी, घात÷प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडि कति भीड छ भनेर कहिल्यै नहेरी निरन्तर सत्य र निष्ठाको बाटोमा अविचलित भएर हिडिरहेको बताए ।

राष्ट्रियताको पक्षमा लाग्नु आफ्नो जिम्मेवारी र कर्तव्य भएको भन्दै थापाले पुरस्कारले थप इमानदारिता र निष्ठापूर्वक देश र जनताको हितमा काम गर्न प्रेरणा दिएको बताए । आम मान्छेले चिनेको बुझेको कमल थापा भन्दा आफू फरक भएको भन्दै उनले समय क्रममा त्यो स्पष्ट हुने समेत बताए ।

लोभ, मोह र स्वार्थबाट माथि उठेर काम गर्नु कठिन विषय भएको तर आफू त्यो अभ्यासमा रहेको र सम्मानको बोझले थप थिचिएको उनको भनाई थियो । पुरस्कारवापत प्राप्त १ लाख नगद आफु आबद्ध रहेको सामाजिक सस्थालाई प्रदान गरी गरिब जेहन्दार विद्यार्थीलाई पढ्न उपलब्ध गराउने घोषणा गरे । उनले पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट नेपाली राजनीतिको शिखर व्यक्तित्व भएको चर्चा गर्दै थापाले निर्भिकतापूर्वक राष्ट्रवादी विचार, सोच, अडान र स्वाभिमान राख्ने स्वर्गीय विष्टको भावनाको महत्व धेरै भएको र आगामी दिनमा थप चर्चा हुन जरुरी भएको समेत बताए ।

नई प्रकाशनले नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अक्षुणता संरक्षण र सम्बद्र्धनका लागि अटल प्रतिबद्ध भएकोले कमल थापालाई पुरस्कार प्रदान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : १४ बजे

प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक नेपाली पक्राउ

काठमाडौं– प्रेमिकालाई ङ्याँकेर मारेको आरोपमा भारतको हैदरावादमा एक जना नेपाली

मनै लोभ्याउने शैलुङको सुन्दरता (तस्बिरहरू)

काठमाडौं– दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङ देशकै सुन्दर, रमणीय पर्यटक

सप्तकोशीमा बेपत्ता सशस्त्रका अर्का जवानको पनि शव भेटियो

काठमाडौं- विपद् पूर्वाभ्यासको क्रममा गत जेठ २२ गते कोशी बराजस्थित

पुँजी बजारमा अर्थमन्त्रीको आश्वासन : बिचौलियाको फन्दामा नपर्नुहोस्, सरकार सहयोग गर्न तयार छ

काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार पुँजी बजारको विकास र

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति