हुम्लामा महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध « Khabarhub

हुम्लामा महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् ।

एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रतक्ष असर परेको छ ।

गत भदौ महिनाको २२ गतेदेखि हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरीत विद्युत् सेवा अवरुद्ध भएकाले वडा नं ३ बरगाउँमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीयवासी हेमन्त बोहराले बताए । लगतार एक महिनादेखि टेलिफोनले काम गर्न छाडेकाले दुईवटा गाउँपालिकाका हजारौँ सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उनको गुनासो थियो ।

दशैँको मुखमा एकअर्कालाई शुभकामना आदानप्रदान गर्नसमेत नसकिएको बोहराले बताए ।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर आउने नत्र काम नगर्ने स्थानीयवासीको भनाइ थियो। उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोधसमेत गरेका छन् ।

उक्त नेटवर्कको क्षमता बढाउन र निरन्तर सञ्चालनका लागि टेलिकम कार्यालय लागिपरको टेलिकम स्रोतले जनाएको छ । हाल जिल्लामा सेवाग्राही सञ्चार क्षेत्रबाट बञ्चित नहुन् भन्दै जेनेरेटर चलाएर पनि केही सेवा उपलब्ध गराउँदै आइएको टेलिकमले जानाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १२ : ४० बजे

हुम्लामा ६४.९५ प्रतिशत मतदान

हुम्ला – हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५

मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान

संविधान जोगाउन भूमिका खेलेका राष्ट्रपतिले निर्वाचनपछि सन्तोषको श्वास फेरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण