अपहरणमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

अपहरणमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले एक पाकिस्तानी नागरिकलाई अपहरण गरेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा परेका पकिस्तानी नागरिक फिजान अहमदलाई नेपाल बोलाएर अपहरण गर्ने दुई पाकिस्तानी जेसन मोहम्मद र ताज रिजवानलाई पक्राउ गरेको हो ।

आफूलाई अपहरण गर्न खोजेको भन्दै फैजानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

गत असोज १८ गते बेलुकाको समयमा ललितपुरको धापाखेलस्थित सिभिल होम्सको घर नम्बर ४१७ को झ्यालबाट पकिस्तानी नागरिक फिजान अहमद भागेर गुहार गरेपछि प्रहरीसँग सम्पर्क भएको थियो ।

सो क्रममा उनले आफू अपहरणमा परेको बताएका थिए । प्रहरीका अनुसार जेसन र ताज तीन साताअघि नेपाल आएका थिए ।

उनीहरूले धापाखेलस्थित सिभिल होम्सको एक आपार्टमेन्ट भाडामा लिए । क्यानडा पठाइदिने प्रलोभनमा फैजानलाई नेपाल बोलाइएको र उनीहरुले २५ हजार डलर फिरौती मागिएको अनुसन्धानबाट खुलेको बज्राचार्यले बताइन् ।

असोज १९ गते ठमेल नर्सिङ चोकबाट पक्राउ परेका दुई जनालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट १५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ललितपुर प्रहरीले ललितपुर प्युटार घर भएका राजकुमार भुलुनको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमति रजीना भोलुन, साढुभाई ज्ञान कुमार सिन्तान, साली सुनाीता सिन्तान र मनोज मगर भन्ने मनोज सार्की रहेको परिसर प्रमुख एसएसपी बज्राचार्यले बताइन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ५ : १६ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा