अपहरणमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ « Khabarhub

अपहरणमा संलग्न रहेको आरोपमा दुई पाकिस्तानी नागरिक पक्राउ


२४ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले एक पाकिस्तानी नागरिकलाई अपहरण गरेको आरोपमा दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा परेका पकिस्तानी नागरिक फिजान अहमदलाई नेपाल बोलाएर अपहरण गर्ने दुई पाकिस्तानी जेसन मोहम्मद र ताज रिजवानलाई पक्राउ गरेको हो ।

आफूलाई अपहरण गर्न खोजेको भन्दै फैजानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

गत असोज १८ गते बेलुकाको समयमा ललितपुरको धापाखेलस्थित सिभिल होम्सको घर नम्बर ४१७ को झ्यालबाट पकिस्तानी नागरिक फिजान अहमद भागेर गुहार गरेपछि प्रहरीसँग सम्पर्क भएको थियो ।

सो क्रममा उनले आफू अपहरणमा परेको बताएका थिए । प्रहरीका अनुसार जेसन र ताज तीन साताअघि नेपाल आएका थिए ।

उनीहरूले धापाखेलस्थित सिभिल होम्सको एक आपार्टमेन्ट भाडामा लिए । क्यानडा पठाइदिने प्रलोभनमा फैजानलाई नेपाल बोलाइएको र उनीहरुले २५ हजार डलर फिरौती मागिएको अनुसन्धानबाट खुलेको बज्राचार्यले बताइन् ।

असोज १९ गते ठमेल नर्सिङ चोकबाट पक्राउ परेका दुई जनालाई अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट १५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ललितपुर प्रहरीले ललितपुर प्युटार घर भएका राजकुमार भुलुनको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमति रजीना भोलुन, साढुभाई ज्ञान कुमार सिन्तान, साली सुनाीता सिन्तान र मनोज मगर भन्ने मनोज सार्की रहेको परिसर प्रमुख एसएसपी बज्राचार्यले बताइन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ५ : १६ बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५